Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

आफ्ना तीन मन्त्रीलाई कारबाहीको तयारीमा सुदूरपश्चिम एमाले

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना ३ मन्त्रीलाई कारबाही गर्ने भएको छ । सरकारबाट फिर्ता हुन दिएको निर्देशन अटेर गरेपछि उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको कमिटीले जनाएको छ ।  

 

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिइएको थियो । 

 

बुधबार सुदूरपश्चिम कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै निर्देशन दिएका थिए । तर, बुधबार नै एमालेको सुदूरपश्चिमको संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । 

 

सरकारबाट समर्थन फिर्ता नलिने निर्णय पार्टी अनुशासन उल्लंघन मात्र नभई पार्टीविरुद्ध आपराधिक कार्य भएको भन्दै कमिटीले कारबाहीको तयारी गरेको हो । गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

 

त्यही निर्णयअनुसार स्थायी कमिटी प्रदेश कमिटीलाई र प्रदेश कमिटीले संसदीय दललाई निवेदन दिएको थियो । हाल एमालेको सुदूरपश्चिम संसदीय दलमा माधवकुमार नेपाल पक्षको बहुमत छ, जसका कारण सरकारबाट समर्थन फिर्ता नलिने निर्णय आएको हो । सुदूरपश्चिम प्रदेश सभामा सभामुख सहित एमालेका २५ जना सदस्य छन्, नेपाल १८ सांसद छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै