Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुने भएको छ । 

 


राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो । 

 


त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई÷दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

 

राष्ट्रपति भण्डारीले भनिन्,  ‘प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना र संचालन गर्ने नीति लिइनेछ । सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालनमा ल्याइनेछ । चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार सबै