Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

डीआईजी बढुवा भएका सशस्त्रका पाँच एसएसपीले लगाए दर्ज्यानी चिन्ह 

सशस्त्र प्रहरी बल नेपालमा महानिरीक्षक शैलेन्द्र खनालले वरिष्ठ उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका प्राविधिकसहित पाँचजनालाई बिहीवार विशेष समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

 


बढुवा समितिको २७ फागुनको निर्णयअनुसार दुुईजना प्राविधिक सहित पाँचजना  बढुवा सिफारिस भएका थिए । उनीहरु बिरुद्ध कुनै उजुरी नपरेपछि नियमावली अनुसार उनीहरुको स्वतहः बढुवा भएको हो । 

 

 

सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी  पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल बढुवा भएका छन् । 

 

 

यस्तै, सशस्त्रको प्राविधिक समूह स्वास्थ्यतर्फ रिक्त रहेको प्राविधिक डीआईजीमा एसएसपी डा. रुपक महर्जनलाई बढुवा गरिएको छ । प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेको प्राविधिक डीआईजी पदमा एसएसपी ई सन्दीप थापा बढुवा भएका छन् । 

 

समारोहलाई सम्बोधनगर्नेक्रममा महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा रहेर प्राप्त जिम्मेबारी क्षेत्रहरुमा पुगाएको योगदानको कदरगर्दै नेपाल सरकार तथा संगठनले पदोन्नती गरेको बताए । 


उनले पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई आवश्यक योजना बनाई उत्कृष्ट ढगंले मातहतका कर्मचारीहरुलाई उत्प्रेरीत गर्दै सामुहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।


महानिरीक्षक खनालले शान्ति सुरक्षाको वातावरण निर्माणमा आ–आफ्नो ठाउँबाट इमान्दारिता पुर्वक क्रियासिल रहेर राष्ट्रमा विकासको वातावरण निर्माणमा समेत योगदान पुगाउँदै राष्ट्रको सुरक्षा, जनताको सेवा, आपतविपद्मा परेका नागरिकहरुको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कुशल नेतृत्वकासाथ कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

 

उनले सीमा अपराध नियन्त्रण, बिभिन्न विपद्मा परेकाहरुको उद्धार, कोभिड–१९ महामारी नियन्त्रण तथा कोभिड डेडिकेटेड एपीएफ अस्पताल मार्फत बिरामीहरुको स्वास्थ्य उपचारमा गरेका  कार्यहरुको विभिन्न क्षेत्रबाट प्रशंसा भईरहेको बताए । 
 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै