Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अर्घाखाँचीमा शिक्षकबाट छात्रा बलात्कृत 

सांकेतिक तस्वीर ।

अर्घाखाँची प्रहरीले आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा एकजना माध्यामिक तहका शिक्षकलाई पक्राउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले स्थानिय मालारानी गाउँपालिका बस्ने वर्ष २७ का ती शिक्षकलाई आफुले अध्यापन गराउने विद्यालयमा अध्ययनरत वर्ष १५ की नाबालिकालाई बलात्कार गरेको जनाएको छ । प्रहरीका अनुसार घटना १९ पुसको हो । 

 

केही दिनअघि मात्र बालिकाले परिवारको सहयोगमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।  

 

प्रहरीले  शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा पेश गरेको छ । अदालतले उनी बिरुद्ध ६ दिन अनुसन्धान म्याद दिएको अर्घाखाँची प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै