
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताएका छन् । ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने आवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकोले ओमिक्रोन कमजोर भयो डेल्टा भेरियन्टलाई बिस्थापित ग¥यो भनेर ढुक्क हुन नसकिने बताएका छन् । विश्वव्यापी रुपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सीमित रहने तथ्य स्पष्ट भइनसकेको उनले बताएका छन् । अर्को भेरियन्ट यो भन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाइ छ ।
‘विश्वव्यापी तथ्यांकहरुले ओमिक्रोन एकदमै छिटो विगत दुई महिनाको अवधिमा संसारका अधिकांश मुलुकमा फैलिएको र डेल्टालाई विस्थापन गरेको भन्ने जुन तथ्य छ । त्यो सँगसँगै हामीले के बुझ्नुपर्छ भने ओमिक्रोनको नाममा डेल्टालाई विस्थापन गरेपनि यो भाइरस जति धेरै फैलिन्छ, जतिधेरै स्थानमा, धेरै व्यक्तिहरुमा पुग्छ, नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ । जस्तो डेनमार्कको पछिल्लो अध्ययन हामीले हे¥यौँ भने यसको पनि सबलिनियज विकास भइसकेको भन्ने छ । किनभने भाइरस निरन्तर विकास भइराख्ने हुने हो’ उनले भने ।
‘आफ्नो सर्भाइभलको लागि यसले आफ्नो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन गर्छ । त्यो हिसाबले ओमिक्रोन भन्दा पछि आउने भेरियन्ट दुईवटा प्रकारका हुनसक्छन् । एउटा यो भन्दा जटिल हुनसक्छ । कडा हुनसक्छ । अथवा यो भन्दा कमजोर हुनसक्छ । कमजोर हुँदै गयो भने त हामीले सोच्या जस्तै भयो । तर अहिलेकै अवस्थामा कसैले पनि ग्यारेन्टी साथ यो पछि आउने भेरियन्ट यो भन्दा कमजोर नै आउँछ भन्ने ग्यारेन्टी दिन सक्ने अवस्था छैन । त्यसकारण विश्व स्वास्थ्य संगठनले पनि यो एन्ड अफ प्यान्डामिक भन्ने बेला भएको छैन’ उनले भने ।
‘जोखिम कायम नै छ । नयाँ नयाँ भेरियन्ट आउने जोखिम कायमै छ भनिरहेको अवस्था छ । बास्तवमा यथार्थ पनि यही नै हो । ओमिक्रोनमै गएर यो महामारी सिमित हुन्छ भन्ने तथ्य अझै स्पष्ट भइसकेको छैन । नयाँ भेरियन्ट यो भन्दा आक्रामक भएन भने त्यसले फेरी ओमिक्रोन रिप्लेश गर्न सक्दैन । त्यसकारण यसलाई रिप्लेश गर्न यो भन्दा आक्रामक नै आउनुपर्छ । यो भन्दा कमजोर आयो भने त हामी सबैले सोचेको जस्तै भयो, महामारीले धेरैलाई दुःख नदेला भन्ने सकारात्मक सोच मात्रै हो । तर भाइरसले कस्तो रुप लिन्छ भन्ने भविष्यको गर्भमै छोडौँ र हामी सचेत रहौँ’ उनले भने ।
उनले अहिले ८७ हजार जना हाराहारीमा संक्रिय संक्रमित रहँदा संस्थागत आइसोलेशनमा करिब १२ सय जनामात्र रहेको र अन्य संक्रमित घरमै आइसोलेसनमा बसिरहेको बताएका छन् । हाल दैनिक २०० जना हाराहारीको संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नु परेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टीलेटर आवश्यक परेको उनले जानकारी दिएका छन् । यस्तै जनवरी महिनाको अन्तिम अर्थात माघ महिनाको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको उनले जानकारी दिएका छन् ।
how much is cialis - cialis otc order cialis 10mg
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
how much is cialis - cialis otc order cialis 10mg