
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका पर्यटनमन्त्री सइद जुल्फिकर बुखारीबीच भेटवार्ता भएको छ ।
भेटमा नेपाल र पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ । यस्तै, दुई मुलुकबीचमा पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको राजदूत अधिकारीले जनाएका छन् ।
उनका अनुसार नेपाल र पाकिस्तानबीच पर्यटन पर्वद्र्धनका लागि हिमाल आरोहण तथा र बौद्ध धर्मसम्बन्धी पर्यटनमा छलफल भएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit