
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की फागुन महिनाको काठमाडौंका उत्कृष्ट प्रहरी घोषित भएका छन् । डीएसपी कार्कीलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सम्मान गरे ।
विभागीय नीतिनिर्देशनलाई पूर्णरुपमा पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिक र कार्य कुशलताका साथ सम्पादन गरेकाले डीएसपी कार्कीलाई सम्मान गरिएको परिसरले जनाएको छ ।
परिसरले आफ्नो मातहतमा रही उत्कृष्ट र प्रशंसनीय काम गर्ने प्रहरी कर्मचारीलाई मासिक रुपमा उत्कृष्ट प्रहरी अधिकृतको रुपमा सम्मान गर्दै आएको छ ।
प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको विषम परिस्थितिमा पनि सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह ग...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit