Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कोभिड–१९ को महामारीमा प्रहरीले निभाएको भुमिका नागरिकले मूल्याँकन गरेका छन्ः एआइजी पोखरेल

प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल ।

प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको  विषम परिस्थितिमा पनि  सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताएका छन् ।

 

उनले प्रहरी अधिकारीहरुलाई मंगलबार विशेष सम्बोधनगर्दै व्यावसायिक, लागनशील, असल आचरणका साथ संगठनले दिएको जिम्मेवारीलाई बहन गर्दै यसले लिएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन समेत निर्देशन दिए । 


एआइजी  पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मंगलबार आयोजित कार्यक्रममा निर्देशन दिएका हुन् । 

 

महानगरीय प्रहरी कार्यालय मातहत कार्यरत वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै