Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

अफगानिस्तालाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

फाइल तस्बिर

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व समुदायलाई अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेका छन् । 

 

पछिल्लो समयमा खाद्यान्न, औषधी र लत्ताकपडालगायतका सामाग्रीका अभावका कारण अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको छ । आगामी समयमा अफगानिस्तानमा चरम भोकमरीको समस्या देखापर्ने भन्दै अफगानिस्तानलाई सहयोग गर्नका लागि संयुक्त राष्ट्रसंघले पनि आग्रह गर्दै आएको छ । 

 

पछिल्लो समय अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको प्रधानमन्त्री खानले बताएका छन् ।

 

उनले विश्वका दाता राष्ट्रहरु तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह पनि गरेका छन् । सोमबार मात्र अफगानिस्तानका लागि चीन र इरानले सहायता सामग्रीहरु प्रदान गरेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै