Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

बेवारिसे बम विस्फोट हुँदा सुर्खेतमा दिदी–भाइ घाइते

वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा सोही नगरपालिका–७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका–६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएका छन् ।

 


प्रत्येक शनिबार सर्वसाधारणका लागि खोल्ने गरेको उक्त बनमा घाँस काटीरहेको अवस्थामा एक्कासि विस्फोट हुँदा घाइते भएका उनीहरुलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेत लगिएको छ । 

 

 

घाइतेमध्ये लिलाको अवस्था सामान्य र नरेशको बोल्न सक्ने रहेको छ ।

 


नेपाली सेनासँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै