Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

ग्रीन कफी खाँदा तौल घट्ने भन्दै ठगी, रसियन नागरिकसहित दुई पक्राउ


ग्रीन कफी खाँदा मोटोपना घट्ने भन्दै ठगी गर्दै आएका रसियन नागरिकसहित दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसियन नागरिक ३० वर्षीय इगोर कट्स र कास्कीको पोखरा–१९ घर भई हाल काठमाडौं–१९ नयाँबजार बस्ने ४२ वर्षीय आशीष आचार्य छन् । 

 

आचार्य टिम वान सप्लायर्स प्रालिका सञ्चालक हुन् । उनीहरुले ग्रीन कफी नियमित सेवन गरे विना औषधि, व्यायाम, डाइटिङ र कुनै साइड इफेक्टबिना एक सातामै १३ किलो तौल घट्ने भ्रामक सूचना फैलाएर कफी बेच्दै आएका थिए । 

 

उनीहरुको कम्पनीमा छापा मार्दा १२ वटा जुटको बोरामा राखिएको हरियो कफी ६४४ केजी, विक्रीका लागि तयारी अवस्थामा राखिएको १०० ग्रामको हरियो कफीेको प्याकेट २८२२, नगद ३ लाख ९७ हजारलगायत बरामद गरिएको प्रहरीले जनाएको छ । 

 

सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार ग्रीन कफी प्रतिकेजी ९६० रुपैयाँमा नेपालकै विभिन्न भागबाट खरिद गरी २० हजारदेखि ४० हजार रुपैयाँसम्ममा बेच्दै आएका थिए । कम्पनीको गोदामबाट कार्डियोटन, योजेक्स र क्राइटालिक्स लिखिएका नेपाली गैरकानुनी दिएका सामग्री पनि बराम गरिएको छ ।

 

आरोपीहरुको नेटवर्क भारत र रुससम्म रहेको प्रहरलिे जनाएको छ । उनीहरुमाथि ठगीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै