Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सकारले विश्व बैंकबाट २७ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ । 

 

 

सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण साहयता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको बताएका हुन् ।

 

उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनःएकीकरण आयोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने ६८ लाख डलर अर्थात् करिब ८६ करोड १३ लाख नोपली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको भएको पनि बताए ।

 

 

प्रवक्ता कार्कीका अनुसार सरकारले २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना युएन स्क्यापको ७८ औं सत्रमा सहभागि हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय गरको छ । त्यस्तै नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृति दिने निर्णय गरेको छ ।

 

प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी नायब महानिरिक्षक नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरेको बताए । उनका अनुसार सरकारले  नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै सरकारले २०७९ जेठ १८ मा नर्वे र जेठ १९ फिनल्याण्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रको बैठकहरुमा भाग लिनका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ ।

 

 

प्रवक्ता कार्कीले स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने र नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११ औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको पनि बताए ।

 

 

सरकारका प्रवक्ता कार्कीले सरकारले कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धी गठन आदेश २०७८ स्वीकृत गरेको बताए । त्यस्तै सरकारले वन नियमावली २०७९ स्वीकृत गरेको छ भने सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सौद्धान्तिक स्वीकृति प्रदान गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै