Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

बलात्कार आरोपी मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अनुमति

बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको छ ।

 

सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत पु¥याएको थियो । जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको हो । 

 


उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागि युवतीले सामाजिक सञ्जालमार्फत् आफुमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

 

त्यसपश्चात पाण्डेलाई पक्राउ गरी कानून अनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तीव्र दबाब आइरहेको थियो ।

 


त्यस्तै अर्की एक किशोरीले पनि पाण्डेमाथि बलात्कारको आरोप लगाएकी छिन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै