
नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको मंगलबार अपरान्ह बसेको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुदै नेपाल आउन समेत रोक लगाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए ।
युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए ।
बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिनमा बसेर जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ ।
यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहेकाहरुले अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बसि परिक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit