Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सञ्चार तथा सूचना प्रविधि विभागद्वारा एसएमएस गेटवे सेवा शुभारम्भ

सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ । 

 

 

बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताएका छन् । उनले एमएमएस गेटवे सेवा शुभारम्भ गरेर समापन र चियापानको कार्यक्रम मात्र गर्ने नभई यसको कार्यान्वयनमा पनि सरकारले ध्यान दिने बताएका छन् । उनले सरकारले सकेसम्म जनतालाई प्रविधिसँग जोडेर सेवा दिनुपर्ने बताएका छन् ।

 

 

‘अहिलेको युग सूचना र प्रविधिको युग हो । सूचना र प्रविधिसँग हाम्रो लक्षित वर्ग, जोडिएको छ कि छैन ? लक्षित वर्गले यसबाट लाभ लिएको छ कि छैन ? त्यसतर्फ हामीले गम्भीरतापूर्वक विश्लेषण गरेनौँ भने हामी उद्घाटन, समापन, चियापान गर्छौं, त्यतिमा मात्रै यो सिमित हुनसक्छ । त्यसैले जुन उद्देश्यका साथ यो एसएमएस गेटवे हामीले प्रारम्भ गरेका छौँ त्यो उद्देश्यमा पूर्ण रुपले सफल हुन सकोस्’ उनले भने ।

 

 

‘सूचना, सञ्चार र प्रविधिसँग हामीले लक्षित वर्गलाई जोड्न सकौँ । अहिले सेक्युरेटीको पनि कुरा छ । विश्वसनियताको पनि कुरा छ । राज्यले जनतालाई सकेसम्म सेवा प्रदान गर्दै जानुपर्दछ । अवसर दिनुपर्दछ । त्यो अवसरबाट समाजले लाभ लिनुपर्दछ । समाजले लाभ लिँदा राज्य नै लाभान्वित हुन्छ । जुन उत्साहका साथ उद्घाटन गरेका छौँ काम गर्ने बेलामा यस्तै उत्साहका साथ अघि बढ्छौँ । कार्यान्वयनमा पनि त्यही समर्पणका साथ अघि बढ्छौँ’ उनले भने ।
उनले सरकारले दिएको सेवाबाट नागरिक लाभान्वित हुँदा राज्य नै लाभान्वित बन्ने बताएका छन् । उनले एसएमएस गेटवे सेवा शुरु भएको दुई, तीन महिनाभित्रबाट जनता कति लाभान्वित हुन्छन् भन्ने कुराको लेखाजोखा गरिने बताएका छन् । 

 

 

कुनै पनि सरकारी निकायले सूचना प्रविधि विभागको पूर्वाधार (सफ्टवेयर) प्रयोग गरी दूरसञ्चार प्रदायक (हाल नेपाल टेलिकम) र एनसीएलमार्फत् सेवाग्राहीलाई एसएमएस पठाउने प्रणाली नै एसएमएस गेटवे हो । यसबाट सम्बन्धित निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्छन् । सेवाग्राहीले पनि सम्वद्ध सरकारी निकायलाई एसएमएस पठाउँदा लाग्ने शुल्क सस्तो हुनेछ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै