
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले इजरायली राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
उनीहरुका बीचमा मङ्गलबार इजरायलमै भेटवार्ता भएको इजरायली राष्ट्रपतिको कार्यालयले जनाएको छ । इजरायलका राष्ट्रपति इसाक हेर्जोग र प्रधानमन्त्री नफ्ताली बेन्नेटसँगको भेटवार्ताका क्रममा सुरक्षा सल्लाहकार सुलिवानले दुई पक्षीय हित र साझा सरोकारवाला विषयमा छलफल गरेका थिए । त्यसैगरी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाका बारेमा पनि उनीहरुका बीचमा छलफल भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति हेर्जोगको आधिकारिक ट्वीटर हेन्डलमा पनि भेटवार्ताका बारेमा उल्लेख गरिएको छ ।
‘मैले आज राती अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जक सुल्लिभानसँग भेटवार्ता गरेको छु’ हेर्जोगको आधिकारिक ट्वीटरमा लेखिएको छ ।
भेटवार्ताका क्रममा राष्ट्रपति हेर्जोगले अमेरिकी राष्ट्रपति जो वाइडेन आफ्नो नजिकको साथी भएको उल्लेख गरेका थिए । बाइडेन राष्ट्रपतिमा निर्वाचित भएकोमा आफूलाई धेरै खुशी लागेको समेत उनले बताएका थिए । बाइडेन र आफ्नो मित्रताका कारण अमेरिका र इजरायलबीचको सम्वन्ध पनि राम्रो हँुदै जाने उनले विश्वास व्यक्त गरेका थिए ।
‘हाम्रो सम्वन्ध एकदमै बलियो र अर्थपूर्ण हुनुपर्छ भनेर सुरक्षा सल्लाहकार सुलिवानसँग मैले भनको छु’ उनले ट्वीटरमा लेखेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit