Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

महामारीपछि पहिलोपटक साउदी अरबले हजका लागि १० लाख तीर्थयात्रीलाई स्वागत गर्ने

हज यात्रमा जान लागेको समूह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा। फाइल फोटो

साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ ।

 

अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो । 

 


इण्डोनेशियाबाट आएको समूह मदीना शहरमा आइतबार अवतरण भएको छ र आगामी सातामा हजको लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र शहर जाने तय गरिएको थिया राज्य सञ्चालित सञ्चारमाध्यमले बताएको छ । 

 

 

देशको हज मंत्रालयका मोहम्मद अल–बिजावीले राज्य सञ्चालित अल–एखबरीया च्यानललाई बताउँदै भने, “आज हामीले इण्डोनेशियाबाट यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेका छौँ । आगामी दिनमा मलेसिया र भारतबाट हजका लागि उडान जारी रहनेछन् ।” 

 

 

“महामारीको कारण दुई वर्षे अवरोधपछिआज हामी राज्य बाहिरबाट परमेश्वरका पाहुनाहरूलाई स्वागत गर्न पाउँदा खुसी छौं ।” साउदी अरबले उनीहरूको व्यवस्थापनका लागि ‘पूर्ण तयारी’ गरिरहेको छ ।

 

 

इस्लामका पाँच खम्बामध्ये एक मानिने हजलाई आफ्नो जीवनमा कम्तीमा एकपटक सम्भव हुने सबै मुसलमानले हज जाने प्रचलन छ । 

 

सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा लगभग २ं५ लाख मानिसले भाग लिएका थिए । 

 

सन् २०२० मा कोभिड–१९ को महामारी सुरु भएपछि साउदी अधिकारीले नियन्त्रणको सीमा तोक्दै एक हजार तीर्थयात्रीलाई मात्र भाग लिन दिने घोषणा गरका थिए । 

 

सन् २०२१ मा उक्त सङ्ख्यामा संशोधन गर्दै पूर्ण खोप लगाएका साउदी नागरिक तथा चिट्ठामार्फत छानिएका विदेशी बासिन्दा गरी कूल ६० हजार हजमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

 

यो वर्षको अप्रिल महिनामा साउदी अरबले जुलाईमा हुने यस हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो । 

 

हजमा इस्लामको सबैभन्दा पवित्र शहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रमा पाँच दिनभन्दा बढी धार्मिक संस्कार सम्पन्न गरिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै