Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने, नेपालले पाउँछ?

अमेरिकाले थप साढे ५ करोड डोज खोप  विभिन्न मुलुकलाई बाँड्ने भएको छ । 

 

अमेरिकी राष्ट्रपति कार्यालयले सोमबार अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई उक्त मात्रामा खोप बाड्ने भएको हो ।

 

खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिनेछ । पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइने ह्वाइट हाउसले जनाएको छ ।

 

दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने  भएको छ । तर नेपाल अमेरिकाबाट सोझै खोप पाउने मुलुकको सूचीमा छैन ।  अमेरिकाले एसियाका लागि छुट्याएको झन्डै १ करोड ६० लाख डोज खोप नेपालले पनि पाउनेछ ।

 

कोभ्याक्सअन्तर्गत उक्त खोप भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, लाओस, पपुवा न्यू गिनी, ताइवान, कम्बोडिया र अरू प्यासेफिक आइल्यान्डहरूमा वितरण हुनेछ ।   

प्रतिक्रिया

सम्बन्धित समाचार सबै