
सुन्दरी प्रतियोगिताका नाममा भएको यौनशोषण र जबर्जस्ती करणीको विषय लगायत सम्बन्धित कानून संशोधनको विषयमा छलफल हुने भएको छ ।
कार्यक्रम सिंहदरबारस्थित महिला समितिको हलमा हुने भएको हो । छलफलमा लैङ्गिक न्यायका लागि संघीय सांसद समूहका सदस्यहरु रहनेछन् ।
यस्तै, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई ज्ञापन पत्र बुझाउने भएको छ ।
नेपालको फौजदारी संहिता २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानूनमा बलात्कारीबिरुद्ध मुद्दा दता गर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानूनमा बलात्कारको परिभाषा प्रमाण संकलनमा सुधार गर्न माग राख्दै कानून मन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit