
पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् ।
त्यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका
छन् ।
शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।
माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी कोटामा उनलाई राजदूत नियुक्त गरेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit