Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने

बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ ।

 

मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । 

 

यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सक्ने भएका हुन् । शुभारम्भ कार्यक्रममा अध्यक्ष सिलवालले बीमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताहरुको इजाजत पत्र नविकरण गर्न पनि झन्झटिलो हुने गरेकाले डिजिटल माध्यम अपनाइएको बताए ।

 

यस सुविधाअन्तर्गत अब अभिकर्ताहरुले आफ्नो कम्प्युटर र मोवाइलमार्फत सजिलै नवीकरण गर्न सकिने उल्लेख गरे । अध्यक्ष सिलवालले डिजिटल नवीकरण प्रक्रियालाई पनि गुनासोरहित बनाउनका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने बताए । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा अझै जोड दिनुपर्ने उनले बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै