Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कहाँ हराए यी १२ प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १२ जना जवानलाई हाजिर हुन सूचना जारी गरेको छ । सात दिनभित्र हाजिर हुनुपर्ने सूचनामा उल्लेख छ । 

 

सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान बान्तवा, विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक छन् । 

 

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै