Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

इटहरी बम काण्डका अभियुक्त समाउने असई र हवल्दार पुरस्कृत 

प्रदेश नम्बर १ प्रहरी कार्यालयले दुई जना प्रहरीलाई चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालयले असई ज्ञानु खड्का र हवल्दार गुणराज अधिकारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

 

दमक तथा इटहरीमा विष्फोटनजन्य पदार्थ राखी आम नागरिकलाई आतंकति बनाउने समूहलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । उनीहरु दुवै उक्त अनुसन्धानको लागि खटिएको रिट समूहमा कार्यरत छन् । 

 


गत माघ ९ गते झापाको बिर्तामोड बस स्टेसन, १३ गते गते दमक शिवान चोकमा “हिमाल सुरक्षा परिषद” का पर्चाहरु सहित सर्वसाधारणलाई त्रसित पार्ने उद्देश्यले प्रेसक कुकर बम राखिएको थियो भने चैत १४ मा अन्यत्र विष्फोट गराउने उद्देश्यका साथ राखिएको विष्फोटक पदार्थ अमित श्रेष्ठको घरमा विष्फोट भएको थियो ।

 

यी घटनाको अध्ययन तथा अनुसन्धानबाट यसका प्रमुख अभियुक्तलाई कानुनी कारबाहीको दायरामा ल्याइएको थियो। 

 

सोही मामिलामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरीले दुईजनालाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गर्ने निर्णय गरेको हो । 

 

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयमा १ महिनासम्म राखिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भारततर्फको खुला सीमाले सुरक्षा चुनौती थपियोः अध्यागमन विभाग 

भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ ।

ब‌ैशाख ५, २०७९