Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउनु हुँदैन : प्रकाशमान सिंह

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् ।

 

 

नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पारेका छन् । शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताएका छन् ।

 

 

उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दाबी समेत गरेका छन् । 

 

 

‘मैले सुरुदेखि नै भन्दै आएको छु । हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु प¥यो । अहिलेको यो डिबेट आईराखेको छ नि त । स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो । कार्यअवधि भन्दा स्थानीय निर्वाचन ऐनले २ महिना अगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ । तर संविधानले के भन्छ भन्दाखेरी कार्यकाल पाँच वर्षका हो’ उनले भने ।

 

 

‘कार्यकाल सकिएको ६ महिना भित्र नै गर्नुपर्छ भन्ने संविधानको कुरा छ । तर अहिले आएर के हो भन्दाखेरी यो संविधानको समग्र मर्मलाई काम गर्नुपर्छ । स्थानीय निकायलाई हामीले समयमै गर्दाखेरी संघीय निर्वाचन पनि टाईम आएपछि गर्दा राम्रो हुन्छ । संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ । त्यसमा पनि के भन्दाखेरी स्थानीय निकायचाँही खाली राख्नु हुन्न भन्ने मेरो परसनल ओपिनियन हो । र, त्यही अनुसार हुनुपर्छ भन्ने मेरो भनाई हो’ उनले भने ।

 

 

त्यस अवसरमा कांग्रेस नेता सिंहले डा. मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको चर्चा गरिएको बताएका छन् । उनले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जोकोही उपयोगी हुने विश्वास समेत व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै