Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कोरोनाको जोखिम रहुन्जेल धुलिखेलका होटल व्यवसायको कर मिनाहा

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठ

धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । 

 

कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो ।

 

बिहीबार धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई व्यवसाय कर छुट दिन लागेका बताए । होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपूर्ण योगदान दिएको भन्दै उनले आफूहरुले पनि व्यवसायीको समस्या बुझेर कर छुट दिने निर्णय गरेको जानकारी दिए ।

 

धुलिखेल नगरपालिका क्षेत्रमा सामान्यदेखि विश्वस्तरीय होटलहरु सञ्चालनमा छन् । स्वच्छ वातावरण, हिमालको मनोरम दृश्य देख्न सकिने भएकाले सप्ताअन्तमा आराम गर्न जानेहरुको लागि धुलिखेल परिचित छ । धुलिखेल क्षेत्रका होटल व्यवसायले दिने सेवालाई पनि उत्कृष्ट मानिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै