Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नुवाकोट बेलकोटगढी नगरपालिकाका इन्जिनियरको बिहानी खाजा, चिया र घूस

नुवाकोट बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेल बिहान खाजा–नास्ताका लागि बट्टार बजारमा रहेको सागर मिष्ठान भण्डारमा पुगे ।

बिदाको दिन उनलाई भेटन केही मान्छेहरु पहिलेदेखि त्यहाँ थिए । उनले चिया मगाए । उनलाई भेटन बसेकामध्ये एकजनाले रकमको पोको बुझाए । 
सेवाग्राहीसँग घूस मागेर हैरान पारेको पूर्व सूचना र उजुरीपछि त्यहाँ इन्जिनियर पौडेललाई पच्छयाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीपनि पुगेको थियो ।

इन्जिनियर पौडेलले चियाको चुस्कीसँगै ७५ हजार रुपैयाँको गन्ध समेत सुघ्न नपाउदै उनलाई आयोगको टोलीले नियन्त्रणमा लियो । उनले सेवाग्राहीको काम फस्र्यौटको विवरणमा हस्ताक्षर गर्न रकम माग गरेका थिए ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

यसअघि बेलकोटगढी नगरपालिकाकै इन्जिनियर बद्री भण्डारी काठमाडौँबाट घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया

110
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै