Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

धनुषाका कर अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय, जनकपुरधाम धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध मुद्दा दायर गरेको छ । 

 

अख्तियारले ढकालविरुद्ध १ लाख ५० हजार बिगो मागदाबी कायम गरी विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो । 

 

ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस मागेका थिए । उनलाई अख्तियारको बर्दिवासबाट खटिई गएको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

 

अनुसन्धानको क्रममा उनले घुस लिएको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

 

ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय माग गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै