Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

विवादबीच प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार न्याय सेवा आयोगको बैठक बोलाएका छन् । सर्वोच्च अदालतमा कानुन व्यवसायीहरुको आन्दोलनका बीच जबराले आयोगको बैठक बोलाएका हुन् । 

 

हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराको नै राजीनामा माग गर्दै कानुन व्यवसायीहरुको आन्दोलन चलिरहेका बेला आयोगको बैठक आह्वानलाई महत्वका साथ हेरिएको छ । कानुन व्यवसायीहरुले सत्ताधारी दलका प्रमुख नेताहरु तथा विपक्षी दलका नेतालाई समेत भेटी प्रधानन्यायाधीश जबराविरुद्ध कदम चाल्न आग्रह गर्दै आएका छन् ।

 

आयोगको अध्यक्ष प्रधानन्यायाधीश रहने व्यवस्था छ । यस्तै, वरिष्ठतम् न्यायाधीश (दीपककुमार कार्की), कानुन न्याय तथा संसदीय मामिलामन्त्री (दिलेन्द्र बडू), महान्यायाधिवक्ता (खम्मबहादुर खाती) र लोकसेवा आयोगका अध्यक्ष (माधवप्रसाद रेग्मी) आयोगको सदस्य छन् । 

 

यसबीचमा आह्वान गरिएको आयोगको बैठकमा हाल गठबन्धन सरकारका संसदीय मामिलामन्त्री बडू र महान्यायाधिवक्ता खाती सहभागी हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न छ । 

 

यस्तै, जबराको बहिर्गमनका लागि इजलास बहिष्कारको नेतृत्व गरेका वरिष्ठतम् न्यायाधीश दीपक कार्की भने उपस्थित नहुने जस्तै निश्चित छ । यस्तो अवस्थामा बैठक कोरम नपुगेर स्थगित हुने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतको भनाइ छ । 
 

प्रतिक्रिया

1
  • Kcxrzp

    फाल्गुण ४, २०७८

    order tadalafil generic - tadalafil 40mg us tadalafil 40mg pill

प्रतिकृया थप्नुहोस्
  • Kcxrzp

    फाल्गुण ४, २०७८

    order tadalafil generic - tadalafil 40mg us tadalafil 40mg pill

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

महान्याधीवक्ता र महानिरीक्षकको १२ बुँदे निर्देशन, पालना नगरे कारबाहीको डण्डा

महान्यायाधीवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई बिहीबार गंभिर प्रकृतीका फ...

पुस ६, २०७८