Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एमालेको अवरोध बीच संसदबाट २  अध्यादेश स्वीकृत

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजी बीच प्रतिनिधिसभाको मंगलबार बसेको  बैठकमा २ वटा अध्यादेश स्वीकृत गरिएको छ ।

 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेका यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो । 

 

बैठकमा दुबै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका छन् । तर सो प्रस्ताव बहुमतले अस्वीकार गरेको छ ।  सो अध्यादेश स्वीकृत भएपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै