
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् ।
गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । जोन्सन बिहीबार बिहान गुजरात आएको उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने समाचारमा उल्लेख छ ।
जोन्सनले आज नै यहाँका व्यावसायिक प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ । गुजरात भारतीय मूलका बेलायतीमध्ये करिब आधा जति नागरिकको जन्मस्थल हो ।
गुजरातमा जोन्सनले व्यापारिक समुदायका नेतासँगको भेटमा भारत र बेलायतका बीचको लगानीका विषयमा कुराकानी हुने बताइएको छ ।
उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ताका लागि शुक्रबार राजधानी नयाँ
दिल्ली प्रस्थान गर्नेछना् । यसअघि प्रधानमन्त्री जोन्सनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुई पटकसम्म स्थगित भएको थियो ।
भारत र बेलायतमा नै कोरोना भाइरसको बढ्दो प्रकोपबाट ठूलो क्षति पुगेको थियो । यसपटक पनि उनले भारतमा रहँदा यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ताका क्रममा खासगरी आर्थिक लगानी, व्यापारिक साझेदारी, प्रतिपक्षा र जनता जनताबीचको सम्पर्क एवं हरित गृहलगायतका विषयमा आवश्यक छलफल र द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम छ ।
साथै यस भ्रमणका क्रममा उनीहरुका बीचमा रुसले युक्रेनमाथि गरेको सैन्य हमलाका विषयमा पनि कुराकानी हुने भएको बताइएको छ । बेलायतले रुसले गरेको आक्रमणको विरोध गरिरहेको छ । प्रधानमन्त्री जोन्सन हालैमात्र युक्रेनको राजधानी किभ पुगेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit