Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

भारतीय सहयोगमा ताप्लेजुङको सिनामस्थित उच्च माविमा नव निर्मित भवन 

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनाममा सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

 


एमालेका सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, संविधानसभा सदस्य भुपेन्द्र थेवेले संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

 

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड १० लाख रुपियाँको लागतमा दुई तले भवन निर्माण भएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 


सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुङका दुई गरी प्रदेश १ मा ७८ वटा रहेका छन् ।

 

यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै