Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

त्रिभुवन विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलले भिजिटर पास वितरण बन्द गरेको छ ।

 

 

नेपालमा केही दिन यता कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । यसै विषयलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलले अति नै जरुरी अवस्थामा बाहेक भी पास उपलब्ध नहुने जानकारी दिएको छ ।

 

 

साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भीडभाड नगरी दिन पनि अनुरोध गरेको छ । कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्था बाहेक बिदाइ र स्वागतका लागि विमानस्थलमा नआउन समते सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

 

यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरे पनि विमानस्थलमा भीडभाड नघटेपछि कार्यालयले फेरि सूचनासहित यस्तो आग्रह गरेको छ ।

 

 

हवाई यात्राका दौरान समेत आवश्यक मापदण्ड पालना गर्न सरोकारवालालाई कार्यालयले अनुरोध गरेको छ । त्यस्तै, नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ ।

 

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै