Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नर्भिक अस्पतालमा शनिबार यूरोलोजीको फ्री ओपिडी 

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गरिरहेको छ । 

 

 

साथै यस योजना अनुसार शनिबार(भोलि) पनि नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ । निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिने पनि अस्पताले जनाएको छ । 

 

 

अस्पतालका अनुसार शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपिडी संचालन हुनेछ । साथै मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्ने पनि अस्पताले जनाएको छ ।

 

 

अस्पतालले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साबिकको शुल्कमा २० प्रतिशत छुटको अफर यसअघि नै सार्वजनिक गरिसकेको छ । 

 

 

नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ ।  नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।  

 

 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध रहेको अस्पतालले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

1
  • Oevyew

    फाल्गुण ३, २०७८

    tadalafil dosage - cialis order online purchase cialis

प्रतिकृया थप्नुहोस्
  • Oevyew

    फाल्गुण ३, २०७८

    tadalafil dosage - cialis order online purchase cialis

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै