
नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ ।
नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो । सो विषय अध्ययनका लागि नेपाल–भारत २ देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल्ड भिजिटको काम समेत सकेको छ । टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभागका प्रवक्ता समेत रहेका उप–महानिर्देशक कृष्णप्रसाद नेपाल लगायतको उपस्थिति थियो ।
‘अर्को बाढीभन्दा पहिले गर्नुपर्ने काम आइडेन्टिफाई गर्नु पर्ने, अनि तिनीहरुलाई गर्नको लागि रिकुमेन्ट गर्नको लागि उनीहरुले आइडेन्टिफाई गरेको कामलाई फिल्ड फेरिफिकेसन गर्न नेपाली पक्षले सहभागिता जनाएको हो । बाँकी अन्य मर्मत लगायतका सम्पूर्ण कार्य भने भारतीय पक्षले नै गर्नेछ’ नेपालले भने ।
भारतीय पक्षको नेतृत्व भने गंगा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सीके एल.दासले गरेका छन् । उनले फिल्डमा पुगेर वस्तुस्थिति अध्ययन गरिएकाले तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाउन सहज हुने बताएका छन् । उनले थप एजेण्डाका विषयमा भने हाई कमिटीको मिटिङ्मा कुरा उठाउने पनि बताएका छन् ।
टोलीमा नेपालको तर्फबाट विपद् व्यवस्थापन महाशाखासहित भू–आर्जन कार्यालयका पदाधिकारीका अलवा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सहभागी भएका थिए ।
cialis tablets - tadalafil us order cialis 5mg pills
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cialis tablets - tadalafil us order cialis 5mg pills