Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

उपत्यकामा एकसाता लम्बियो निषेधाज्ञा, जोरबिजोर प्रणाली , बार अनुसार पसलहरु ११ देखि ४ बजेसम्म खुल्ने

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ ।आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । 

 


यससँगै उपत्यकामा असार ८ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि थपिएको निषेधाज्ञा असार ७ गते सकिदैछ । यद्यपी निषेधाज्ञालाई खुकुलो भने पारिएको छ । 


नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिइने भएको छ । नीजि सवारी साधनहरु ट्याक्सी र मोटरसाइकल÷स्कुटी जोर बिजोर प्रणाली लागु गरी चल्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । 

 


त्यस्तै पसलहरुलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बार अनुसार सञ्चालन गर्न दिइने निर्णय भएको पनि छ । आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल(मोबाइल तथा कम्युटर पसल) खोल्न दिइनेछ । 

 

 

त्यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्टल स्टोर(ग्रोसरी बाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खुल्न दिइने निर्णय भएको छ ।

 


त्यस्तै खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरु तथा डिपार्टमेन्टल स्टोर(ग्रोसरी), पुस्तक पसल÷स्टेशनरी पसल दैनिक ११ बजेसम्म खोल्न दिइनेछ । 

 


निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म र अनलाइन डेलिभरी÷टेक अवे र सवारी साधन मर्मत वर्कशप साँझ ७ बजेसम्म खोल्न दिइने प्रजिअ पराजुलीले जानकारी दिनुभयो । विकास निर्माण र सर्वाजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्युनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै