Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी परेपछि सोधियो स्पष्टीकरण

शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत  प्रा.डा. रामस्वार्थ रायविरुद्धमा परेका उजुरीमा सुनुवाइ गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । 

 

उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र दुवै राजदूतविरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताए । 

 

‘वासुदेव मिश्रको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा हामीले शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग सोधेका छौँ । रामस्वार्थ रायजीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि हामीले पत्र लेखेका छौं । ९ गते समय तोकेर जवाफ दिन भनेका छौं,’

 

समितिको बैठकमा बोल्दै डेनमार्कका लागि प्रश्तावित राजदूत प्राध्यापक डा. रामस्वार्थ रायले राजदूत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदूतावास स्थापित गर्न पहल गर्ने बताए । उनले नेपाल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत तथा वैदेशिक ऊर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरशीप पीपीपी मोडेलमा लगानी प्रवद्र्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने कुरामा जोड दिने बताए । 

 

उनले पर्यटन र व्यापार बढाउन पहल गर्ने र दुई देश र बहुदेशबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अझ सुदृढ गरी मित्रता, भ्रातृत्व विकास र समृद्धिलाई योगदान पु¥याउन मुख्य भुमिका खेल्ने कुरामा जोड दिने बताए ।

 

प्रस्तावित राजदूत रायले सरकारको परराष्ट्रनीतिभित्र रहेर सरकारको कामलाई पहिलो प्राथमिकता दिएर नेपाललाई चिनाउन विभिन्न पहल गर्ने प्रतिवद्धता जनाए । उनले नेपालको आर्थिक, कूटनीतिक, राजनीतिक, स्वास्थ्य, खानेपानी, निर्यात, पर्यटन, कृषि, जलविद्युत आदि क्षेत्रमा दिगो विकास लक्ष्यलाई सहयोग पु¥याउने गरी वैदेशिक लगानी भित्र्याउन पहल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै