Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

‘समिट फर डेमोक्रेसी’ सम्मेलनमा सहभागी हुन देउवालाई बाइडेनको निम्तो

‘समिट फर डेमोक्रेसी’ सम्मेलनका लागि अमेरिकाले नेपाललाई आमन्त्रण गरेको छ । डिसेम्बरमा हुन लागेको उक्त भर्चुअलमा सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो गरेका हुन् । 

 

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङले बिहीबार प्रधानमन्त्री देउवासँगको भेटवार्तामा राष्ट्रपति बाइडेनको तर्फबाट निम्तो दिएका हुन् । 

 

सम्मेलनमा विश्वका एक सयभन्दा बढी प्रजातान्त्रिक मुलुकहरु सहभागी हुने जनाइएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘ प्रधानमन्त्री देउवाले निमन्त्रणाका लागि धन्यवाद ज्ञापन गर्दै आफू सहभागी हुने जनाएको’ उल्लेख गरेको छ । 

 

‘सहायक विदेशमन्त्री (लु) ले प्रजातन्त्र सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति (जो बाइडेन) ले आयोजना गर्न लागेको समिट फर डेमोक्रेसी सम्मेलनमा सहभागिता जनाउने बारेमा प्रधानमन्त्रीले जानकारी दिएकोमा धन्यवाद दिए,’ विज्ञप्तिमा भनिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै