Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नागरिकलाई सहज रुपमा सेवा दिन रुपन्देही प्रहरीको एकिकृत नागरिक सेवा

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकिकृत नागरिक नागरिक सेवा कार्यक्रमको शुभारम्भ गरेको छ । 

 

सेवाग्राहीहरुलाई सबै किसिमको प्रहरी सेवाहरुलाई एकिकृत रुपमा प्रवाह गर्न प्रबिधि सहितको प्रणाली बिकास गरी एकिकृत नागरिक सेवा सुरु गरिएको हो । 

 

सेवाग्राहीहरुलाई सहज र सरल होस भन्ने हेतुले एकिकृत नागरिक सेवा कार्यक्रम संचालनमा नयाँ सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ । 

 

लुम्बिनि प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार एकिकृत नागरिक सेवा कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

 

एकिकृत सेवा सञ्चालन पश्चात सेवाग्राहीले प्रहरी गेटबाट सेवा प्राप्त गर्ने, सेवाग्राही सम्बन्धित शाखामा पुग्नु अगावै सेवा सम्बन्धि जानकारी सम्बन्धित प्रहरी कर्मचारीले सफ्टवेयर मार्फत प्राप्त गर्ने र सेवाग्राहीले कति समयमा सेवा प्राप्त गरेको समेत अभिलेखिकरण हुने भएको छ । 

 

No description available.

 

यसबाट सेवाग्राहीको प्रतिकृया समेत अनलाईन मार्फत प्राप्त हुनेछ । यसबाट नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तरमा बृद्धि हुने अपेक्षा गरिएको छ ।  

 

साथै जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ बाईपासमा प्रहरी कर्मचारीहरुलाई डिउटीमा सहजताको लागि निर्माण गरिएको प्रबिधियूक्त आधुनिक प्रहरी चेक प्वाईन्टको समेत  उद्‍घाटन भई सँचालनमा ल्याईएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

बालाजुमा गुण्डाहरू बिच गाेली हानाहान, कसरी भए शिवबहादुर खड्का अपहरण मुक्त

एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताे...

साउन ४, २०७८