Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

दाङमा विवाहमा विवाद हुँदा कुटपिटबाट एकको मृत्यु


दाङको घोराहीमा विवाहमा झगडा हुँदा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या भएको प्रहरीले जनाएको छ । 

 

हत्याको आरोपमा घोराही–१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरीसमेत ७ जनालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्द प्रसाद रिजालले पर्दाफासलाई बताए । 

 

डीएसपी रिजालका अनुसार घोराही–१० जलौरा नजिक बिवाहको भोजमा गएका राजनलाई उमेश लगायतले कुटपिट गरी घाइते बनाएका थिए । ‘रक्सी खाएपछि सामान्य विषयमा विवाद हुँदा झगडा भई घटना भएको रहेछ,’ रिजालले भने, ‘यसमा थप अनुसन्धान गर्दै छौं ।’

 

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै