Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

स्थानीय तहको निर्वाचनमा खटिने सम्पूर्ण सुरक्षाकर्मीलाई सरकारले दियो धन्यवाद 

सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । 

 


वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

 

 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । 

 


बैठकमा गृहमन्त्री खाणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतिपूर्ण रहेको बताए । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतिपूर्ण रहेकोले यसमा सहजता दिन सहयोग पुर्‍याउने सबै निकाय र पक्षलाई धन्यवाद दिएको पोखरेलले बताए । 

 


बैठकमा गृहमन्त्री खाणले निर्वाचनका क्रममा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना एवं मृत्यु भएकाप्रति समवेदना एवं परिवारलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको सहसचिव पोखरेलले बताए । 

 


सहसचिव पोखरेलले स्थानीय तहको यसपटकको निर्वाचनमा सीमित स्रोत र साधनको प्रयोग भएको पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै