
अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएका छन् ।
अर्थमन्त्री शर्माले बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
उनले सांसदले अघिल्लो सरकारले ल्याएका कार्यक्रम कटौती गरेको भन्ने आरोप लागे पनि आफुले अघिल्लो सरकारले बजेट कार्यान्वयन गरिरहेको बताए । मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १ हजार ४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताए । उनले त्यो बेला टेन्डर भएका सडकलाई भने आफूले नरोकेको पनि बताए ।
अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको मन्त्री शर्माले बताए । उनले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार,सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिबी अन्त्य गर्न लाग्नुपर्ने आवश्यकता रहेको बताए ।
अर्थमन्त्री शर्माले मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र बनाउन उत्पादन र उत्पादत्व बढाउनुपर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिता त्यता तिर रहेको बताए ।
उनले राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नुपर्ने अवस्था आएको बताए । अर्थमन्त्री शर्माले नेपालमा सबै कुराले अनकुलता रहेकाले अनकूलतालाई प्रयोग गरेर मुलुकको गरिबी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने बताए ।
अर्थमन्त्री शर्माले स्रोत साधनले धनी छौं त्यसको भरपुर प्रयोग गर्न कानुनी सहजता, संरचनागत पुनसंरचना गरेर जानुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले अब कुन क्षेत्रमा लगानीले कति प्रतिफल दिन्छ भन्ने बारेमा चासो दिनुपर्ने बेला आएको बताए ।
अर्थमन्त्री शर्माले इन्धनको मूल्य बढ्दा हरेक क्षेत्रमा असर पर्ने गरेको भन्दै यसतर्फ पनि आफ्नो ध्यान गएको जानकारी गराए । उनले पछिल्लो समय युक्रेन र रुसको युद्धको प्रत्येक्ष प्रभावका नेपालको अर्थतन्त्र परेको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit