
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।
उनले अत्यावश्यक
काम भए जिप्रकाबाट पास जारी गरिने अन्यथा सरकारी नम्बर प्लेटको गाडी चलाउन नपाइने बताए । अन्यथा सवारीसाधन जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको उनले बताए ।
इन्धन खपत कम गर्ने भन्दै सरकारले १ जेठदेखि लागू हुने गरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit