
सरकारले गरेको सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ।
बैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सरकारले सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। अहिले परीक्षणको रुपमा जेठ १ गतेदेखि यो नियम लागू हुनेछ।
नयाँ नियमअनुसार सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान साढे
९ देखि अपराह्न साढे ५ बजेसम्म सञ्चालन हुनेछ। तर, कार्तिक १६ देखि माघ १५ सम्म भने अपराह्न साढे ४ सम्म मात्र कार्यालय सञ्चालन हुनेछ।
दशैं र तिहारबाहेकका सार्वजनिक बिदा लगातार दुई दिनभन्दा धेरै भए गृह मन्त्रालयले तोकेको समयअनुसार तेस्रो दिन काम गर्ने वातावरण मिलाइनेछ । तर, यसरी बिदाको दिन काम गर्ने कर्मचारीले त्यसको सट्टामा अर्को दिन बिदा लिन पाउनेछन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit