Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

वायरलेस डेटा शुल्क घटाउदैं नेपाल टेलिकम

नेपाल टेलिकमले वायरलेस डेटाको शुल्क घटाउने तयारी गरेको छ । 

 

काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले शुक्रबार  यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको उनले स्पष्ट पारिन् । तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनको भनाई थियो । 

 


नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको जानकारी दिइन् । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेस डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरिन् । 

 

नायव प्रबन्ध निर्देशक पहाडीले भनिन्, ‘यसको मूल्य चाँही घट्दैछ । यो महंगो छ भन्न त नमिल्ला । प्याकेजमा नलिएको हुनाले महंगो भनिएको हो कि ? नत्रभने मलाई लाग्छ–यो वायरलेस डेटाको कष्ट चाँही १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ । यो कोभिडको कारणले गर्दाखेरी पनि गोभरमेन्टबाट नै यसको रेट घटाउन निर्देशन दिइएको थियो । त्यसकारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौं । यता, ब्यान्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको हो । सरोकारवालाहरुले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ ।’

 

नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घटने वित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै