
संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ ।
हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ ।
प्रतिबन्ध लगाउने तयारी गरिएका व्यक्तिहरुमा अदिल दियाब, अलि मोहम्मद दाउन र जिहाद सालिम अलामी छन् भने व्यवसायमा दार अल सालम फर ट्राभल एन्ड टुरिजम रहेको छ । अमेरिकाले कार्यकारी आदेश १३२२४ बमोजिम उनीहरुलाई प्रतिबन्ध लगाएको हो । यो आदेशले आतंकवादी, नेताहरु र आतंकवादी समूहका सदस्य र उनीहरुलाई सघाउनेविरुद्ध प्रतिबन्ध लगाउँछ ।
आर्थिक संकटले ग्रस्त लेबनानी जनतालाई हिजबुल्लाहले गलत कार्यमा सहभागी गराएको अमेरिकी आरोप छ । हिजबुल्लाह र यसका सहयोगीले लेबनानी मानिसको लागिभन्दा इरान तथा आतंकवादलाई प्रश्रय दिनेको स्वार्थमा काम गरेको पनि अमेरिकी आरोप छ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit