Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

स्टडी इन इन्डिया मेला आयोजना हुँदै

काठमाडौंमा ‘स्टडी इन इन्डिया एजुकेसन फेयर २०२१’ मेला आयोजना हुने भएको छ । यो मेला यही १९ र २० डिसेम्बर गरी २ दिन चल्नेछ ।

 

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुनेछ । मेलामा भारतीय एसएसआई टीम र उत्कृष्ट शैक्षिक संस्थाहरुले विद्यार्थीसँग अन्तर्क्रिया गर्नेछन् । भारतमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो मेला आयोजना गर्न लागिएको हो । मेलामा भारतका विभिन्न उत्कृष्ट शैक्षिक संस्थाहरुको बारेमा जानकारी दिइने छ ।

 

धेरै पहिलेदेखि नै भारत नेपाली विद्यार्थीका लागि शैक्षिक गन्तव्य बन्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै