Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

 

आज भएको यस भेटवार्तामा २ देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । साथै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या समाधानका लागि अमेरिकी सहयोगको अपेक्षा पनि गरेको बताएका छन् ।

 

नेपालमा कोभिडले निम्त्याएको समस्या, कोभिडपछिको आर्थिक अवस्था र कोरोनाविरुद्धको खोपको सहयोगलगायतका विषयमा प्रधानमन्त्री देउवा र लुबीच कुराकानी भएको छ । साथै अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकाले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

लागूऔषध खैरो हेरोइनः  फकाउने, चखाउने अनि फसाउने 

थोरै परिमाणमा भारतबाट ल्याउने र आफूले पनि प्रयोग गरी अरुलाई पनि बेच्नेहरुलाई ‘पेडलर’ भनिन्छ । त्यस्ता पेडलरहरुको सिन्डिकेट तोड्ने काम अहिले झापा प्रहरीले गरिरहेको छ । 

मङ्सिर २, २०७८