Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

३३ अर्ब डलरको वैदेशिक लगानी स्वीकृत 

सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३३ अर्ब डलरबराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।

 

सोमबार उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस्तो जानकारी दिएका हुन् । 

 

उनले चैत मसान्तसम्मको अवधिमा वैदेशिक लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाको प्रस्ताव आएको  र स्वीकृत भइसकेको जानकारी दिएका हुन् ।

 

उद्योग विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रश्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ । 

 

गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको थियो ।

 

तिवारीले पछिल्लो समय उद्योग दर्ता गर्ने र विदेशी लगानी स्वीकृत हुने क्रम बढिरहेको बताएका छन् । 

 

उनले बिस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भइरहेको दाबी गरे । 

 

उनले चालु आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा स्वदेशी लगानीका उद्योग दर्ता भएको बताए ।

 

महानिर्देशक तिवारीले उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु पनि उद्योग विभागमा वृद्धि भइरहेको बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै