
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने स्पष्ट पारेका छन् ।
प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको बताएका हुन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उहाँले सत्तारुढ गठबन्धन दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँडको विषयमा आज बेलुकासम्म सहमति जुटने दावी समेत गरे । अहिले आफू गठबन्धन दलहरुबीचको छलफलबाटै आएको र बेलुकासम्म सहमति जुट्ने उनले बताए ।
‘६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । महानगर टुंगिनेको नजिक छ । बेलुकासम्म महानगर र उपमहानगरपालिकाको तालमेल निष्कर्षका पु¥याउने छौं,’ उनले भने ।
शिक्षा र रोजगारीलाई चुनावमा प्रमुख एजेन्डा बनाउने अध्यक्ष दाहालको भनाइ थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit