Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

वीर अस्पतालबाट उपचारको क्रममा भागेका कैदी पक्राउ 

प्यारालाइसिस भएको बहाना बनाई वीर अस्पतालमा उपाचारको क्रममा फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

बलात्कारको मुद्दामा थुनामा रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका कुञ्चोक घर भएका २५ वर्षीया राजेश तिरुवा गत चैत २९ गते वीर अस्पतालबाट फरार भएका थिए ।

 

उनी केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहँदै आएका थिए । 

 

त्यसयता उनको खोजी जारी राखिएको थियो। प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोमबार उनलाई बुढानीलकण्ठ–१२ स्थित राधाकृष्ण मन्दिरनजिकबाट नियन्त्रणमा लिएको हो । 

 

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि श्री केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै